न्युजिल्याण्डको विश्वकप खेल्ने सपना अधुरै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको विश्वकप खेल्ने सपना अधुरै

   June 15, 2022  

कोस्टा रिका सँग १-० को अन्तरले पराजित भए सँगै न्युजिल्याण्डको विश्व कप फूटबल खेल्ने सपना अधुरै रहेको छ । दोहामा सम्पन्न भएको अन्तर महादेश स्तरको खेलमा कोस्टा रिकासँग पराजित भएपछि न्युजिल्याण्ड विश्वकप छनौट हुनबाट बन्चित भएको हो । कोस्टा रिकाको तर्फ बाट जोयल क्याम्पबेलले खेलको तेस्रो मिनेटमा नै निर्णयक गोल गरेका थिए । यो सँगै कोस्टा रिकाले कतारमा आगामी नोभेम्बर मा हुने विश्वकप फूटबलमा सहभागि हुन पाउने छ ।