कोभिड: न्युजिल्याण्ड ‘ग्रिन लाईट सिस्टम’मा जाने सम्भावना, मास्क लगाउनै पर्ने नियम हट्दै – New Zealand News Nepal (NZ News Nepal)

कोभिड: न्युजिल्याण्ड ‘ग्रिन लाईट सिस्टम’मा जाने सम्भावना, मास्क लगाउनै पर्ने नियम हट्दै

कोरोना महामारीका कारण न्युजिल्याण्ड सरकारले ल्याएको ट्राफिक लाईट सिस्टम अन्तर्गत अहिले देश ओरेन्ज लाईटमा छ । तर यस्लाई परिवर्तन गर्ने वा यथावत राख्ने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले यही हफ्ता निर्णय गर्दै छ । बिज्ञ र मन्त्रालयका अधिकारीहरुले दिएको रायका आधारमा यस्लाई परिवर्तन गर्ने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ । ओरेन्ज लाईटमा रहेको न्युजिल्याण्डलाई ग्रिन लाईटमा लाने सरकारको योजना छ । ग्रिन लाईट सिस्टममा हाल केही क्षेत्रमा लगाईएको प्रतिबन्धहरु फुकुवा हुनेछन् भने मास्क लगाउनै पर्ने अनिवार्य नियमम पनि हटाईने छ । हाल न्युजिल्याण्डमा दैनिक औसद ७ हजारका हाराहारीमा कोरोनाका संक्रमित थपिरहेका छन् । लामो समय देखि ओरेन्ज लाईट सिस्टममा रहेको न्युजिल्याण्डलाई यो हफ्ताबाट ग्रिनमा लग्ने सम्भावना रहेको छ ।