न्युजिल्याण्ड सरकारले गत सेप्टेम्बरमा ल्याएको One Off Residency का लागि २ लाख बढी आप्रवासीको आवेदन परेको छ । रेडियो एनजेडका अनुसार One Off Residency का लागि एक लाख ५ सय ८ वटा आवेदन परेको छ । जसमा २ लाख २ हजार ३ सय ४२ जना आप्रवासीको Residency मा दावी छ । तर हालसम्म २८ % आवेदकले मात्र Residency पाएका छन् । बाँकी ७२ % ले पाउन अझै छ महिना लाग्ने अध्यागमन मन्त्रालयले जनाएको छ । डिसेम्बर यता ५७ हजारले PR पाएका छन् भने १०० जनाको आवेदन रद्ध गरिएको छ । अध्यागमनको सिस्टममा आईराख्ने समस्याले पनि समय लागाएको मन्त्रालयले जनाएको छ । One Off Residency का लागि Identity Verification, Medical Evidence र Police Checks जरुरी हुने भएकाले यस्लाई गम्भिर रुपमा हेरिने मन्त्रालयले बताएको छ । मन्त्रालयले सन् २०२२ को अन्तिम सम्ममा One Off Residency का योग्य आवेदकलाई PR दिने तयारी गरेको छ ।


