न्युजिल्याण्डमा आज ७० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछील्लो २४ घण्टामा देशभर ७० जनामा कोरोनाको संक्रमण भेटिएको बताएका छन् । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ३४७ पुगेको छ । १९ जनाको अस्पतालमा उपचार भईरहेको छ ।


