नर्थ आईल्याण्डको यि क्षेत्रमा हावाहुरी र भारी वर्षाको चेतावनी – New Zealand News Nepal (NZ News Nepal)

नर्थ आईल्याण्डको यि क्षेत्रमा हावाहुरी र भारी वर्षाको चेतावनी

   July 24, 2022  

न्युजिल्याण्डको नर्थ आईल्याण्डको माथिल्लो क्षेत्रमा मौसम बिभागले भारी वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । मेट सर्भिसले नर्थ आईल्याण्डको Northland, Auckland north of Whangaparaoa, Great Barrier Island, Coromandel Peninsula र  Western Bay of Plenty मा हावाहुरी सहित भारी वर्षा हुने अनुमान गरेको छ । मेट सर्भिसले यि क्षेत्रमा ओरेन्ज रेन वार्निङ (Orange Rain Warning) समेत जारी गरेको छ । मौसममा आएको परिवर्तन आज साझँ देखी बिहीवार सम्म देखा पर्ने छ ।