अष्ट्रेलियामा जन्मदर १० वर्ष यताकै न्यून, एक हजार महिलामा ५६ जनाले जन्माउँछन बच्चा – New Zealand News Nepal (NZ News Nepal)

अष्ट्रेलियामा जन्मदर १० वर्ष यताकै न्यून, एक हजार महिलामा ५६ जनाले जन्माउँछन बच्चा

   July 24, 2022  

अष्ट्रेलियाको जन्मदर निरन्तर घटेर १० वर्ष यताकै न्यूनस्तरमा झरेको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले आज सार्वजनिक गरेको विवरण अनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकोमा सन् २०२० मा यो दर घटेर ५६ मा झरेको हो । कोभिड–१९ महामारीको पहिलो महिनाको तथ्याङ् प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २ दशमलब ३ प्रतिशतले गिरावट आएको जानकारि दिएको छ। सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औषत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० मा ३० वर्षकै उमेरमा उनीहरूले सन्तानोत्पादन गर्नेगरेका थिए। अष्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४ दशमलब १ प्रतिशत रहेकोमा सन् २०२० मा ४ दशमलब ५ प्रतिशत पाइएको छ । यद्यपी युवा अवस्थाको जन्मदर घटेसँगै समग्र सन्तानोत्पादन घटेको पाइएको छ ।