प्रवासी नेपाली मन्च न्युजिल्याण्डको दोस्रो ऐतिहासिक राष्ट्रिय अधिवेशन आईतबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनमा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी का अध्यक्ष भक्त गुरुङको विशिष्ठ अतिथिका रुपमा उपस्थित थियो । अधिवेशनले डा भगवान यादवको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन गरेको छ । जस्मा उपाध्यक्षमा रामराज ओली, सचिवमा मिलन जि सि उपसचिवमा महेश राज पाण्डे र समिर सिलवाललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा श्री थापा, लेखनाथ भण्डारी , बिक्रम आचार्य, ईन्द्र निरौला, सिजन बास्तोला, प्रवेश राज पाण्डे, लोक नाथ भट्टराई, भरत थापा र पूर्ण सम्बाहम्फे रहेका छन् । १९ सदस्यीय रहने कमिटिका अन्य सदस्य पछि मनोनित गरिने सचिव मिलन जिसीले बताए ।
कार्यक्रमलाइ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटिका सचिव रमेश पाण्डे , ओशिनिया इन्चार्ज विनोद श्रेष्ठ , अमेरिकाज इन्चार्ज तथा अन्तराष्ट्रिय कमिटि प्रचार विभाग प्रमुख प्रभु थापा , ओशिनिया अध्यक्ष राजु प्रसाद उपाध्याय न्युजिल्याण्डका लागि अवैतनिक वाणिज्यदुत आत्माराम खनाल गैरआवासिय नेपाली संघ न्युजिल्याण्डका उपाध्यक्ष भक्त सिवाहाङ , न्युजिल्याण्डका लागि पर्यटनदुत डा रमिल अधिकारी , न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दिनेश खड्का लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा सचिव मिलन जि सीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन साथै विधान शंसोधन प्रस्ताव र कोषाध्यक्ष महेशराज पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


