४२ वर्षकी भईन प्रधानमन्त्री जसिन्डा, यसरी मनाईन जन्मदिन – New Zealand News Nepal (NZ News Nepal)

४२ वर्षकी भईन प्रधानमन्त्री जसिन्डा, यसरी मनाईन जन्मदिन

   July 26, 2022  

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आज आफ्नो जन्मदिन मनाउदै छिन् । सन् १९८० जुलाई २६ तारिकका दिन जन्मिएकी प्रधानमन्त्री अहिले ४२ वर्षकी भईन । उनी विश्वभरमा कम उमेरको प्रधानमन्त्रीमा पर्छिन् । नर्थ आईल्याण्डको ह्यामिल्टनमा जन्मिएकी प्रधानमन्त्री आर्डेन न्युजिल्याण्डको ४० औं प्रधानमन्त्री हुन् । उनले आफ्नो जन्मदिन नियमित काम गरेरै मनाईन । उनी दिउँसो संसद बैठकमा सहभागी भईन र सांसदहरुको प्रश्नको जवाफ दिईन् भने साझँ आफ्नो परिवार सँग बिताउने कार्यक्रम रहेको छ । उनलाई उनका पार्टीका नेताहरुले प्रसंशा गर्दै शुभकामना व्यक्त गरेका छन् ।