न्युजिल्याण्डमा बढेको महँगाईलाई मध्यनजर गर्दै न्युजिल्याण्ड सरकारले ल्याएको Cost of Living Payment सोमबार बाट सुरु हुँदै छ । सरकारले न्युजिल्याण्डमा बस्ने हरेक व्यक्तिलाई ३५० डलर Cost of Living Payment स्वरुप भत्ता दिदैँ छ । सरकारले ३ किस्तामा दिने यो भत्ता आउदो अगस्त १ तारिक सोमबारबाट सुरु हुँदै छ । पहिलो किस्तामा सरकारले ११६.६७ डलर प्रदान गर्दै छ । यो रकम पाउन कसैले केही गर्नु पर्दैन । न्युजिल्याण्डमा बसेर काम गर्ने सबैको बैंक खातामा यो रकम स्वत: आउने छ । तर यो रकम पाउन १ अप्रिल २०२१ देखि ३१ मार्च २०२२ सम्मको कमाई ७० हजार भन्दा कम हुनु पर्ने छ ।
यस्तो छ ३ किस्ता
पहिलो किस्ता: १ अगस्तका दिन ११६.६७ डलर प्रदान गर्ने
दोस्रो किस्ता: १ सेप्टेम्बरका दिन ११६.६७ डलर प्रदान गर्ने
तेस्रो किस्ता: ३ अक्टोबरका दिन ११६. ६६ प्रदान गर्ने
ककस्ले पाउने ?
न्युजिल्याण्डका बासिन्दा र न्युजिल्याण्डमा बसेर काम गरेका १८ वर्षभन्दा माथिका हरेक व्यक्ति जस्को १ अप्रिल २०२१ देखि ३१ मार्च २०२२ सम्मको कमाई ७० हजार भन्दा कम भएको


