✍️ आशिष भट्टराई
करिब अढाई वर्ष सम्म बन्द रहेको न्युजिल्याण्डको बोडर खुले संगै न्युजिल्याण्ड अब विश्वका सबै देशका आगन्तुकको स्वागतको लागि तयार छ । बिशेषगरी कोभिड अगाडि अन्तराष्ट्रिय विधार्थी र पर्यटनले न्युजिल्याण्डको अर्थ व्यवस्था धानिएको थियो । बोडर खुलेपछि अब अन्तराष्ट्रिय विधार्थीको आगमन सुरु हुने छ । त्यस्तै बिभिन्न देशबाट पर्यटक पनि न्युजिल्याण्ड घुम्न आउने अनुमान गरिएको छ । तर अहिलेको अवस्थामा न्युजिल्याण्डमा आगन्तुकको संख्यामा भने कमी नै रहने छ । यस्मा बिभिन्न कारण जोडिएको छ ।
सन २०२० मा विश्व भर कोरोनाको संक्रमण फैलिरहेको बेला न्युजिल्याण्डमा कोरोना सुन्यमा झरेको थियो । त्यो बेला दैनिक १० -२० संक्रमित थपिदा पनि न्युजिल्याण्ड असुरक्षित मानिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । अहिले न्युजिल्याण्डमा दैनिक ५ हजारको दरले संक्रमित थपिरहेका छन् । ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डमा अहिलेसम्म १६ लाख ६ हजार बढी मानिसलाई कोरोना संक्रमण भएको छ । यस्तो अवस्थामा न्युजिल्याण्ड स्वास्थ्यको हिसाबले असुरक्षित नै मानिन्छ जस्ले गर्दा न्युजिल्याण्डमा तत्काल पर्यटकको लर्को लाग्ने सम्भावना कम छ ।
कोरोनाको संक्रमण अहिले पनि संसारका अधिकांश देशमा छ । नयाँ रोग मंकीपक्सको पनि संक्रमणको डर विश्व भर छ । कयौं देशमा अहिले पनि भ्रमण गर्न बिभिन्न खालको प्रतिबन्ध कायम छ । कोभिड अगाडि न्युजिल्याण्डमा सबैभन्दा बढी आउने पर्यटक चीनका छन् र चीनमा अहिले पनि travel restriction छ । तसर्थ त्यँहाबाट पनि पर्यटकको संख्यामा कमी नै रहने छ ।
न्युजिल्याण्डलाई कोरोना नियन्त्रणका लागि सबैभन्दा कठोर देश मानिन्छ, जहाँ अढाई वर्ष सम्म सिमामा प्रतिबन्ध लगाईएको थियो । यस्तो अवस्थामा न्युजिल्याण्डमा कोरोनाको संक्रमण निकै बढ्यो भने सरकारले जस्तो पनि निर्णय लिनसक्ने छ बोडर पुन: बन्द हुनसक्ने वा यस्तै कुनै खालको निर्णय हुनसक्ने सम्भावनालाई पनि नकार्न सकिदैन । न्युजिल्याण्डको कोभिड निर्णय कस्तो हुने अनुमान लगाउन नसक्ने अवस्थामा धेरै मानिसको रोजाई तत्काल न्युजिल्याण्ड पर्ने छैन ।
तर यो अवस्था भने सधैं रहने छैन । सन् २०२३ सम्म यस्तै अवस्था रह्यो भने अर्को वर्ष भने न्युजिल्याण्डमा आगन्तुकको संख्यामा वृद्धि हुने छ । बिज्ञहरुका अनुसार सन् २०२२ मा भने न्युजिल्याण्ड कोभिड अगाडिको अवस्थामा पुग्ने सम्भावना कम छ ।


