अब न्युजिल्याण्ड बाटै नेपाली पासपोर्ट नविकरण गर्न मिल्ने – New Zealand News Nepal (NZ News Nepal)

अब न्युजिल्याण्ड बाटै नेपाली पासपोर्ट नविकरण गर्न मिल्ने

   September 1, 2022  

नेपाल सरकार परराष्ट्र मन्त्रालयले अब न्युजिल्याण्ड बाटै नेपाली पासपोर्ट नविकरण गर्न मिल्ने निर्णय गरेको छ । मन्त्रालयले न्युजिल्याण्डबाट  एक पटकको लागि मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी बनाउने निर्णय गरेको हो । अकल्याण्ड स्थित नेपालका लागि अवैतानिक बाणिज्यदुत कार्यालय मार्फत पासपोर्ट नविकरणको आवेदन दिन सकिने छ । कार्यलयका अनुसार एक वर्ष भन्दा कम म्याद रहेको नेपाली राहदानी बाहकले आवेदन फारम र आवश्यक कागजानको जानकारीका लागि कार्यालयको ईमेल ठेगानामा सम्पर्क गर्न सक्ने छन् । [email protected]  ईमेल गरेर पासपोर्ट नविकरणको प्रकृया बारे जानकारी लिन सकिने कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।