487
Shares
एक वर्ष अगाडि कोभिडलाई नियन्त्रणमा ल्याउन न्युजिल्याण्ड सरकारले ल्याएको ट्राफिक लाईट सिस्टम अब हट्ने भएको छ । सरकारले ट्राफिक लाईट सिस्टमलाई खारेज गर्न तयारी सुरु गरेको छ । हाल देश ओरेन्ज लाईट सिस्टममा छ । प्रधानमन्त्री जसिन्डा आर्डेन देशलाई ग्रीन लाईटमा नलगि सिधै Near Normality मा लाने तयारीमा रहेको स्रोतले बताएको छ । Near Normality मा केके प्रतिबन्ध फुकुवा हुने छन् र कस्तो खालको नयाँ नियम ल्याईने छ यस बारेमा प्रधानमन्त्रीले परामर्श गर्दै छिन् । सम्भवत अर्को हफ्ता यस बारेमा निर्णय हुने अनुमान गरिएको छ । विश्वका अन्य मुलुक कोरोनाका बाबजुत सामान्य जीवनमा फर्किसकेको अवस्थामा न्युजिल्याण्डमा लगाएको प्रतिबन्धहरु हटेर Near Normality मा जाने सम्भावना रहेको जानकारहरु बताउछन् ।