महारानी एलिजाबेथको निधनको शोकमा न्युजिल्याण्डमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले न्युजिल्याण्डको राष्ट्रप्रमुख महारानी एलिजाबेथको निधनमा दु:ख प्रकट गर्दै देशभर शोक मनाईने बताएकी हुन् । आफु सुतिरहेको बेला सुरक्षाकर्मीले एकाबिहान यो खबर सुनाउदा आफु स्तब्ध भएको जसिन्डाले बताईन । प्रधानमन्त्रीले न्युजिल्याण्डको तर्फबाट शाही परिवारका सदस्यहरूप्रति गहिरो सहानुभूति र समवेदना समेत प्रकट गरेकी छिन् । न्युजिल्याण्डमा राष्ट्रिय झण्डा आधा झुकाइने र देशभर महारानीको निधनको शोक मनाईने प्रधानमन्त्री बताएकी छिन् । महारानीको निधनमा धेरैले आफ्नो श्रद्दान्जली प्रकट गर्न चाहेको र उनीहरुका लागि न्युजिल्याण्डको संसद भवन बिहाइवमा शोक पुस्तिका राखिएको समेत प्रधानमन्त्रीले बताईन ।


