न्युजिल्याण्डको नयाँ राष्ट्र प्रमुखमा राजा चार्ल्स – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको नयाँ राष्ट्र प्रमुखमा राजा चार्ल्स

   September 10, 2022  

महारानी एलिजाबेथको निधन भएपछि न्युजिल्याण्डको राष्ट्रप्रमुखमा राजा चार्ल्स स्वत: नियुक्त हुनु भएको छ । त्यस्को औपचारिक घोषणा भने आज गरिएको छ । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी हुनुहुन्थ्यो । उहाँ ब्रिटेनका राजाको साथै अष्ट्रेलिया र न्युजिल्याण्ड, पपुवा न्युगिनी लगायतमा मुलुकको राजा सेमत बन्नु भएको छ ।