रानीको अन्तिम संस्कारमा सहभागि हुन प्रधानमन्त्री जसिन्डा बेलायत जादैँ

289 Shares

महारानी एलिजाबेथको अन्तिम संस्कारमा सहभागि हुन प्रधानमन्त्री जसिन्डा आर्डेन बेलायत जाने भएकी छिन् । रानीको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिकका दिन गरिने भएको छ ।  वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ। उक्त समयमा सर्वसाधारण मानिसहरूलाई शवपेटिका हेर्न दिइने भएको छ। प्रधानमन्त्री कहिले बेलायत जाने र को को भ्रमणमा सहभागि हुने भन्ने निर्णय भोलीको मन्त्रीपरिषद बैठकले गर्ने छ । महारानीको प्रतिनिधित्वको रुपमा रहेकी न्युजिल्याण्डकी गभर्नर सिन्डी किरो पनि रानीलाई अन्तिम श्रद्धाञ्जलि दिन बेलायत जाने छिन् ।

सम्बन्धित समाचार

सबै