महारानी एलिजाबेथको निधनको शोक तथा उनको स्मृतिमा न्युजिल्याण्ड सरकारले २६ सेप्टेम्बरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दिने निर्णय गरेको हो । महारानी एलिजाबेथको गत शुक्रबार बिहान स्कटल्याण्डमा निधन भएको थियो । उनको अर्को सोमबार अर्थात १९ सेप्टेम्बरमा लण्डनमा अन्तिम संस्कार गरिने भएको छ । अन्तिम संस्कारमा सहभागि हुन प्रधानमन्त्री जसिन्डा आर्डेन लण्डन जाने कार्यक्रम रहेको छ ।


