रानीको निधन पछि न्युजिल्याण्डमा गणतन्त्रको चर्चा – New Zealand News Nepal (NZ News Nepal)

रानीको निधन पछि न्युजिल्याण्डमा गणतन्त्रको चर्चा

   September 14, 2022  

महारानी एलिजाबेथको निधन पछि अब बेलायतको मात्र नभएर रानीले शासन गर्ने १४ अन्य मुलुकको भविष्य के होला भन्ने चर्चा सुरु भएको छ । ७० वर्ष सम्म शासन गरेकी महारानीको निधन सँगै उनको कार्यकाल समाप्त भएर नयाँ राजा नियुक्त भईसकेका छन् । बेलायतमा राजाको शासन जारी रहे पनि, बेलायत कै सम्राटले हेर्ने १४ अन्य मुलुकमा भने गणतन्त्रको चर्चा सुरु भएको छ । त्यस्मा न्युजिल्याण्ड पनि छ । न्युजिल्याण्डमा रानी एलिजाबेथले ७३ वर्ष शासन गरिन् । अब रानीको निधन भएपछि यही मौकामा देशलाई गण्तान्त्रिक बनाउन धेरैले सुझाव दिएका छन् । रानीको निधनले न्युजिल्याण्डमा राजतन्त्रको भविष्यलाई लिएर बहस सुरु भएको छ। यसअघि गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएका नेताहरुले यसबारेमा जनमतसंग्रह गर्न माग गरेका छन् । उता प्रधानमन्त्री जसिन्डा आर्डेनले भने न्युजिल्याण्डलाई तत्काल गणतान्त्रिक मुलुक बनाउने योजना नरहेको बताएकी छिन् । गत सोमबार पत्रकारहरु सँग कुरा गर्दै प्रधानमन्त्रीले रानीको निधन र देशलाई गण्तान्त्रिक बनाउने कुरालाई सँगै जोड्न नहुने बताएकी छिन् । ‘ त्यो बिषयलाई एजेन्डाको रुपमा हेर्नु हुँदैन’, प्रधानमन्त्रीले भनिन् । उनले आफ्नै जीवनकालमा न्युजिल्याण्डमा गणतन्त्र आउने समेत विश्वास गरिन् । यस अघि सन् २०२१ मा पनि प्रधानमन्त्रीले देशमा केही वर्षमा गणतन्त्र स्थापित हुने बताएकी थिईन ।