लण्डनबाट अमेरिका जादैँ प्रधानमन्त्री जसिन्डा – New Zealand News Nepal (NZ News Nepal)

लण्डनबाट अमेरिका जादैँ प्रधानमन्त्री जसिन्डा

   September 17, 2022  

महारानी एलिजाबेथको अन्तिम संस्कारमा सहभागि हुन बेलायतको राजधानी लण्डन पुगेकी प्रधानमन्त्री जसिन्डा आर्डेन सोमबार लण्डनबाट अमेरिकाको न्यूयोर्क जाने भएकी छिन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क जान लागेकी हुन् । सो अवसरमा प्रधानमन्त्री आर्डेनले महासभामा न्युजिल्याण्डको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । उनले महासभामा भाग लिन आएका विश्वका अन्य देशका नेता सँग पनि भेट्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री आज न्युजिल्याण्डबाट अमेरिकाको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको भएतापनि महारानीको निधन भएपछि उनी बेलायत जानु परेकोले अब उतैबाट न्युयोर्क जाने छिन् ।