जसिन्डा र नयाँ राजा चार्ल्सको पहिलो भेट, के भयो कुराकानी

381 Shares

बेलायतका नयाँ राजा चार्ल्ससँग न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले पहिलो पटक भेट गरेकी छिन् । प्रधानमन्त्री र राजा बिच लण्डनस्थित बकिङहम दरबारमा न्युजिल्याण्ड समय अनुसार हिजो बिहान पौने ४ बजे भेट भएको थियो । उनिहरु बिच १० मिनेट कुराकानी भएको थियो।

भेटको सुरु मै प्रधानमन्त्री आर्डेनले महारानीको निधनले सारा न्युजिल्याण्ड दु:खी भएको बताएकी थिईन् । जवाफमा राजा चार्ल्सले न्युजिल्याण्डको तर्फबाट पाएको समवेदनाका लागि आभार प्रकट गरेका थिए । प्रधानमन्त्री आर्डेनले यो सबै मान्छेको मनबाट नै प्रकट भएको भनेकी थिईन । त्यसपछि राजा चार्ल्सले रानीले ७० वर्ष हाम्रो सेवामा खर्च गरेको भन्दै त्यो स्वाभाविक भएको बताएका थिए । छोटो कुराकानी पछि राजा चार्ल्सले जसिन्डामा बसेर कुरा गरौं भन्दै कुर्सी तर्फ लग्छन् । उनिहरु बसेर केही समय कुरा गर्छन् ।

कुराकानी कै क्रममा प्रधानमन्त्रीले राजा चार्ल्सलाई न्युजिल्याण्ड भ्रमणको निम्तो समेत दिन्छिन् । राजाले आफु न्युजिल्याण्ड लगायत सबै कमनवेल्थ देशको भ्रमण गर्ने सोचमा रहेको कुरा जसिन्डालाई सुनाउछन् । राजा सँग भेट सकेर प्रधानमन्त्री आर्डेनले राजकुमार विलियम सँग पनि भेट गरेकी थिईन् ।

सम्बन्धित समाचार

सबै