प्रधानमन्त्री जसिन्डा आर्डेनले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गरेकी छिन् । उनले आज न्युजिल्याण्ड समय अनुसार बिहान ५ बजे सम्बोधन गरेकी हुन् । सम्बोधनमा प्रधानमन्त्रीले मुख्यत: रुस र उक्रेनबिचको युद्ध पछिको अवस्था र जलवायु परिवर्तनको बारेमा चर्चा गरेकी थिईन । आर्डेनले रूसले युद्दको बाटो रोजेकोमा त्यस्को निन्दा गरिन् र सबै आणविक हतियारहरूमा पूर्ण प्रतिबन्ध लगाउन आह्वान समेत गरिन् । “हामी सबै स्पष्ट हौं , ‘ रूसको युद्ध अवैध छ, यो अनैतिक छ,” उनले भनिन्। “यो संयुक्त राष्ट्र संघको वडापत्र र अन्तर्राष्ट्रिय नियममा आधारित प्रणालीमा प्रत्यक्ष आक्रमण हो।”
प्रधानमन्त्री आर्डेनले सुरक्षा परिषद्का स्थायी सदस्यहरूद्वारा राखिएको भिटोलाई खारेज नगरेसम्म यसले जोखिममा पार्ने भन्दै संयुक्त राष्ट्रसंघको सुधारको माग समेत गरिन्। अमेरिकाको न्यु योर्कमा जारी सम्मेलनमा भाग लिएर प्रधानमन्त्री सोमबार न्युजिल्याण्ड फर्किदै छिन् ।