एभरेष्ट कपको उपाधी क्राइसचर्चको टिम लोत्साम्पालाई

740 Shares

एभरेष्ट कपको दोस्रो संस्करणको उपाधी क्राइसचर्चको  टिम लोत्साम्पाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा पाल्मेर्शन नर्थको मानावतु युनाइटेड लाई हराउदै टिम लोत्साम्पाले  उपाधी जितेको हो । लोत्साम्पाले ४-० को अग्रताले जित हासिल गरेको हो । शेर्पा फूटबल क्लब र नेपलिज सोसाईटी अफ वेलिङ्टनले आयोजना गरेको प्रतियोगितामा मानावतु युनाइटेडले उपबिजेतामा चित्त बुझाउनु पर्‍यो । त्यस्तै प्लेट च्यामपेन्सिपको उपाधी भने ह्यामिल्टनको गोर्खाली फूटबल क्लबले जितेको छ । आजै सम्पन्न भएको खेलमा गोर्खाली फूटबल क्लबले अकल्याण्डको फूटबल क्लब खुकुरीलाई १-० ले हराएको थियो । प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोमा आयोजकले सबै सहभागि टिम, प्रायोजक तथा सहयोगी संघ संस्थालाई धन्यबाद दिएको छ । सन् २०२० मा पहिलो संस्करण आयोजना गरिएको एभरेष्ट कपको दोस्रो संस्करण राजधानी वेलिङ्टनमा शनिबार र आईतबार आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

सबै