286
Shares
न्युजिल्याण्डमा बढेको महँगाईलाई मध्यनजर गर्दै न्युजिल्याण्ड सरकारले ल्याएको Cost of Living Payment प्रदान गर्ने योजना सोमबारबाट सकिदै छ । योजना अन्तर्गतको तेस्रो तथा अन्तिम किस्ता सोमबार बितरण हुने भएको छ । सरकारले न्युजिल्याण्डमा बस्ने हरेक व्यक्तिलाई ३५० डलर Cost of Living Payment स्वरुप भत्ता दिने निर्णय गरेको थियो । पहिलो किस्तामा गत अगस्त १ मा सरकारले ११६.६७ डलर प्रदान गरेको थियो । योजनाको दोस्रो किस्ता सेप्टेम्बर १ तारिकका दिन पुन: ११६ .६७ डलर सरकारले प्रदान गरेको थियो । न्युजिल्याण्डमा बसेर काम गर्ने सबैको बैंक खातामा यो रकम स्वत: आउने छ । योजना अन्तर्गतको तेस्रो अर्थात अन्तिम किस्ता ३ अक्टोबरका दिन सोमबार ११६. ६६ प्रदान गरिने भएको हो ।