अकल्याण्डपछि यी शहरमा खुल्दै Costco को स्टोर !

541 Shares

अकल्याण्डमा पहिलो स्टोर खोलेको अमेरिकाको सुपरस्टोर कम्पनी Costco ले न्युजिल्याण्डका अन्य शहरमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । Costco को सुपरस्टोर अब चाडै न्युजिल्याण्डको राजधानी वेलिङ्टन र साउथ आईल्याण्डको क्राईसचर्चमा खुल्ने भएको हो । केही महिना भित्र यि शहरमा Costco को स्टोर संचालनमा आउने छन् । त्यस्तै अकल्याण्ड मै पुन: अर्को स्टोर खोलिने बताईएको छ । त्यस्पछि ह्यामिल्टन र डुनेडिनमा Costco को स्टोर खोल्ने योजना रहेको Costco NZ ले जनाएको छ ।

बजार  र माग अनुसार केही वर्षभित्र अन्य शहरहरु तउरंगा, रोतोरुवा, न्यु प्लाईमाउथ, नेपियर, नेल्शन, इन्भरकार्गिलमा पनि Costco ले स्टोर बिस्तार गर्ने योजना बनाएको छ ।

गत बुधवारबाट Costco को पहिलो स्टोर अकल्याण्डमा खुलेको थियो । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतको देशमा सजिलो र सस्तो मानिने Costco न्युजिल्याण्डमा खुले सँगै त्यहाँ गएर सपिङ गर्नेहरुको भिड लागेको छ ।

सम्बन्धित समाचार

सबै