Auckland देखि Queenstown सम्म, यसरी मनाइयो न्युजिल्याण्डमा विजया दशमी (फोटो फिचर)

1.1K Shares

न्युजिल्याण्डका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीले २०७९ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् ।  न्युजिल्याण्डमा टिकाको शुभ साइत बिहान १० बजेर ५७ मिनेटमा थियो । साइत लगत्तै यहाँ नेपालीहरुले टिका थाप्न सुरु गरेका थिए  ।  न्युजिल्याण्डमा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् ।
न्युजिल्याण्डमा विजया दशमी बुधबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् । वर्ष दिनमा आउने महान चाड दसैँमा नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी  तथा गरगहनामा सजिएका थिए ।

हेरौ न्युजिल्याण्डमा बस्ने नेपालीहरुको दसैँको तस्बिरहरु  : 

 

 

सम्बन्धित समाचार

सबै