न्युजिल्याण्डका लागि टिकाकै दिन उडे प्रकाश र भरतमणी – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका लागि टिकाकै दिन उडे प्रकाश र भरतमणी

   October 5, 2022  

न्युजिल्याण्डका बिभिन्न शहरमा आयोजना हुने दसैं धमाकामा आफ्नो प्रस्तुती दिन चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेल नेपालबाट न्युजिल्याण्डका लागि प्रस्थान गरेका छन् । भरतमणी आफ्नो फेसबूकमा तस्बिर पोस्ट गर्दै ‘ न्युजिल्याण्डबाट फोन आयो ‘ भएर लेखेका छन् ।

 

दशैँ को अवसरमा न्युजिल्याण्डको लाखे ईभेन्ट्सले न्युजिल्याण्डको ६ सहरमा बिशेष कार्यक्रम आयोजना गर्दै छ जस्मा आफ्नो प्रस्तुती दिन गायक सपुत र कमेडियन पौडेल न्युजिल्याण्ड आउन लागेका हुन् । आयोजक लाखे ईभेन्ट्सका अनुसार भोलीबाट न्युजिल्याण्डका ६ शहर मा सांगितिक कार्यक्रम आयोजना हुँदै छ । भोली अक्टोबर ७ मा Hamilton, ओक्टोबर ८ मा Tauranga, अक्टोबर ९ मा Wellington मा कार्यक्रम अयोजना हुँदै छ । त्यस्तै १४ अक्टोबरमा Ash burton, १५ अक्टोबरमा Invercargill र १६ अक्टोबर मा Christchurch मा दशै बिशेष कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा स्थानिय नेपाली कलाकारको पनि प्रस्तुती रहने आयोजकले बताएको छ ।