दसैं धमाकाको तेस्रो कार्यक्रम आज राजधानी वेलिङ्टनमा – New Zealand News Nepal (NZ News Nepal)

दसैं धमाकाको तेस्रो कार्यक्रम आज राजधानी वेलिङ्टनमा

   October 9, 2022  

दसैं धमाका अन्तर्गतको तेस्रो कार्यक्रम आज न्युजिल्याण्डको राजधानी वेलिङ्टनमा आयोजना हुँदै छ । चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेलको बिशेष प्रस्तुती रहेन कार्यक्रम न्युजिल्याण्डको बिभिन्न छ शहरमा आयोजना भईरहेको छ छ। पहिलो कार्यक्रम शुक्रबार ह्यामिल्टनमा आयोजना गरिएको थियो। दोस्रो कार्यक्रम हिजो शनिबार Paengaroa को Community Hall मा भएको थियो । नर्थ आईल्याण्डको अन्तिम कार्यक्रम आज वेलिन्ङ्टनमा हुँदै छ ।

कार्यक्रम आयोजना सोसाईटी अफ वेलिङ्टनले गरेको हो । लाखे ईभेन्ट्सको प्रस्तुतीमा हुन लागेको दसैं धमाकाको बाँकी कार्यक्रम अर्को साता न्युजिल्याण्डको साउथ आईल्याण्डको ३ शहरमा कार्यक्रम आयोजना हुँदै छ ।