न्युजिल्याण्डमा नर्सको चरम अभाव, ३ महिनामा बाहिरबाट आए जम्मा २२ नर्स – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा नर्सको चरम अभाव, ३ महिनामा बाहिरबाट आए जम्मा २२ नर्स

- ४००० नर्सको अभाव टार्न सरकारको यस्तो योजना
   October 11, 2022  

न्युजिल्याण्डका स्वास्थ्य क्षेत्रमा नर्सको अभाव अब चरम सिमामा पुगेको छ । न्युजिल्याण्डमा भएका नर्सलाई काममा भ्याई नभ्याई भईरहेको बेला पछिल्लो ३ महिनामा न्युजिल्याण्ड बाहिरबाट जम्मा २२ जना नर्स आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री एन्ड्रयू लिटलका अनुसार न्युजिल्याण्डमा तत्कालका लागि ४ हजार नर्सको आवश्यकता छ । मन्त्री लिटलले सरकारले अध्यागमन सँग यसबारेमा छलफल गरेको र छिट्टै धेरै भन्दा धेरै नर्स न्युजिल्याण्ड ल्याउन कदम चालिने बताए । पछिल्लो ३ महिना यता ३४१ जना नर्सको भिसा लागे पनि आउनेको संख्या भने जम्मा २२ रहेको मन्त्रीले बताए । सरकारले नर्सहरुलाई स्थाई बसोबास (Residency) ग्यारेन्टी गरेकाले लामो समय सम्म नर्सहरु न्युजिल्याण्डमा बसेर काम गर्न सक्ने उनको भनाई थियो । उनका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्न १२०० जनाले भिसा आवेदन दिएको र ७०० बढीको भिसा स्विकृति समेत दिईसकेको छ । हाल न्युजिल्याण्डको स्वास्थ्य क्षेत्र अस्पताल, फार्मेसी, मेडिकल सेन्टर, हेल्थ केयर, एज केयर, रेष्ट होम लगायतमा नर्सको चरम अभाव देखिएको छ ।