686
Shares
आउदो नोभेम्बेर ६ तारिकका दिन आयोजना हुने सविन राई र उनको ब्याण्ड The Pharaoh को प्रस्तुती अघी न्युजिल्याण्डका दुई नेपाली ब्याण्डले समेत प्रस्तुती दिने भएका छन् । न्युजिल्याण्डको नक्षत्र र मण्डला ब्याण्डले नोभेम्बेर ६ मा सविन राईको प्रस्तुती अघि अकल्याण्डको स्टुडियो द भेन्युमा आफ्नो प्रस्तुती दिन लागेका हुन् । लाखें ईभेट्सको आयोजनामा हुन लागेको कार्यक्रम अन्तर्गत पहिलो पल्ट न्युजिल्याण्डमा सविन राईले आफ्नो प्रस्तुती दिन लागेका हुन् । यसअघी लाखें ईभेट्स कै प्रस्तुतीमा न्युजिल्याण्डका ६ शहरमा दसैं धमाका आयोजना गरिएको थियो जहाँ चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेल दुई साता न्युजिल्याण्ड बसेर ६ शहरमा आफ्नो प्रस्तुती दिएका थिए ।
