1974 A.D का सदस्यको भिसा स्विकृत, १८ नोभेम्बेरमा अकल्याण्डमा भब्य कन्सर्ट

434 Shares

आउदो नोभेम्बेर १८ तारिकका दिन न्युजिल्याण्डको ठुलो शहर अकल्याण्डमा आयोजना हुने 1974 A.D को लाईभ कन्सर्टको तयारी भईरहेको छ । हालै मात्र ब्याण्डका सबै सदस्यको न्युजिल्याण्ड आउन भिसा समेत स्विकृत भएको आयोजक हाम्रो ईभेट्सले जनाएको छ । भिसा स्वीकृत सँगै अब 1974 A.D का ब्याण्ड सदस्यहरुलाई स्वागत गर्न अकल्याण्ड तयारी अवस्थामा छ । अकल्याण्डको टाउन हलमा १८ नोभेम्बेरका दिन साझँ छ बजेबाट भब्य कन्सर्ट आयोजना हुने छ । 1974 A.D को हालै अष्ट्रेलिया टुर सम्पन्न भएको छ । ब्याण्डका सदस्यहरु न्युजिल्याण्ड आउन र पहिलो पटक यहाँ प्रस्तुती दिन उत्साहित रहेको आयोजक हाम्रो ईभेट्सले बताएको छ ।

सम्बन्धित समाचार

सबै