न्युजिल्याण्डमा भोली सार्वजनिक बिदा

316 Shares

न्युजिल्याण्डमा भोली लेबर डेको अवसरमा सार्वजनिक बिदा हुँदै छ । हरेक वर्ष अक्टोबरको चौथो सोमबारका दिन न्युजिल्याण्डमा लेबर डे अर्थात श्रम दिवस मनाईन्छ । श्रम दिवस धेरै देशहरु द्वारा विभिन्न मितिहरूमा मनाइन्छ। सन् १८९९ मा न्यूजिल्याण्डमा दैनिक ८ घण्टा र हफ्तामा ४८ घण्टा सम्म काम गर्न मिल्ने कानुन बनेपछि त्यस यता श्रम दिवस मनाइदै आईएको छ । श्रम दिवसको उत्पत्ति मजदुर युनियन आन्दोलनबाट भएको हो । विशेष गरी आठ घण्टा कामको लागि, आठ घण्टा मनोरञ्जनको लागि र आठ घण्टा आरामको वकालत गर्ने कानुन बने सँगै विश्वभर बिभिन्न समयमा श्रम दिवस मनाईन्छ । विश्वमा १५० भन्दा बढी मुलुकमा श्रम दिवस मे १ तारिकका दिन मनाईन्छ । न्युजिल्याण्डमा भने सरकारले १८९९ मा श्रम दिवस ऐन मार्फत हरेक अक्टोबरको दोस्रो सोमबार सार्वजनिक बिदा दिने भनेर कानून बनाएको थियो । त्यसपछि सन् १९१० यता अक्टोबरको चौथो  सोमबारलाई न्युजिल्याण्डमा लेबर डेको रुपमा मनाउन थालियो ।

सम्बन्धित समाचार

सबै