387
Shares
न्युजिल्याण्डको जनसंख्या ५१ लाख २० हजार पुगेको छ । Stats NZ ले हालै सार्वजनिक गरेको विवरण अनुसार न्युजिल्याण्डको जनसंख्यामा हल्का बढोत्तरी भएको हो ।
Stats NZ का अनुसार गत वर्ष भन्दा यो वर्ष जम्मा ०.२ % ले जनसंख्या बढेको हो, जुन प्रतिशत सन् १९८० यता कै कम हो । सन् २०२१ मा न्युजिल्याण्डको जन संख्या २०२० भन्दा ०.४ % ले बढेको थियो । त्यस्तै सन् २०१९ भन्दा २०२० मा जनसंख्या २.२ % ले बढेको ले जनाएको छ ।