272
Shares
नेपालीहरुको महान पर्व तिहारको अन्तिम दिन आज भाई टिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ।
न्युजिल्याण्डमा भाईटिकाको शुभ साईत बिहान ११: १५ मा रहेको छ । बिहान ११ बजेर १५ मिनेट जादाँ न्युजिल्याण्डमा रहेका नेपालीहरुले भाई टिका लगाउन उत्तम रहेको अन्तरराष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ । नेपालमा भने आजै नेपाली समय अनुसार ११ बजेर ३७ मिनेट जाँदा शुभ साईत रहेको समितीले जनाएको छ ।