अकल्याण्डमा आईतबार आयोजित चर्चित गायक सविन राई र उनको ब्याण्ड फ्यारोको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । साझँ ८ बजे बाट सुरु भएको कन्सर्टमा उल्लेख्य रुपमा नेपाली संगीत प्रेमीको उपस्थिती थियो । लाखेँ ईभेन्ट्सद्वारा आयोजित कन्सर्टमा न्युजिल्याण्डका दुई चर्चित नेपाली ब्याण्ड नक्षत्र र मण्डलाले समेत प्रस्तुती दिएका थिए । कन्सर्टमा गायक सविन राईको धमाकेदार ईन्ट्री भए सँगै उपस्थितले हुटिङ गर्दै सविन राईलाई स्वागत गरेका थिए । गायक राईले डेढ घण्टा सम्म लगातर गीत गाएका थिए । उनले तिमी नै हौ, सम्झना हरुलाई, मलाई अंगाली देउ, गुराँसको फेद मुनी, कोमल त्यो तिम्रो, सुन्दर्ताको तिमी उदारण, म संसार जित्ने आट, रफ्तार, सम्झन्छु, जाउ कि बसु लगायतका दर्जन बढी गीत गाएका थिए । उनले गीत गाउन्जेल उपस्थित सबैमा एकै जोश देखिएको थियो । कार्यक्रममा उपस्थित भएकोमा लाखेँ ईभेन्ट्सले उपस्थित सबैमा धन्यवाद दिएको थियो ।





तस्बिर: भुपाल गुरुङ