318
Shares
आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।
टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।
६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन् २००९, सन् २०१२ र सन् २०२१ मा टी-२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध भएका खेलमा जित हात पारेको थियो।
आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि भोली बिहीबार भारत र इङल्याण्डबीच हुने खेलकोे विजेतासँग फाइनल खेल्नेछ।