326
Shares
नेपालीज सोसाईटी Queenstownको आयोजनामा आउदो डिसेम्बर १० तारिकका दिन साउथ आईल्याण्डको Queenstown मा नेपालीज कल्चरल नाईट आयोजना हुने भएको छ । यस् वर्षको बडा दसैं र तिहारको अवसरमा केही ढिला गरेर कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । Queenstown को Queenstown मेमोरियल हलमा साझँ ५ बजे देखि राती १० बजे सम्म आयोजना हुने कार्यक्रममा बिभिन्न सांगितिक कार्यक्रमको आयोजना समेत गरिने भएको छ । नेपालीज सोसाईटी Queenstown ले न्युजिल्याण्डभरि छरिएर बसेका नेपालीलाई कार्यक्रममा सह भागी हुने आवहान गरेको छ ।