318
Shares
प्रधानमन्त्री जसिन्डा आर्डेन आजबाट ८ दिनका लागि पुर्वी एसियाको भ्रमणमा निस्कीएकी छिन् । ईष्ट एसिया समिट र एपेक East Asia Summit and APEC को बैठकमा सहभागि हुन प्रधानमन्त्री त्यस्तर्फ लागेकी हुन् । प्रधानमन्त्री आज कम्बोडियाका लागि प्रस्थान गरेकी छिन् । त्यहाँ उनी Association of Southeast Asian Nations ले आयोजना गरेको East Asia Submit मा सहभागी हुने छिन् । त्यसपछि ट्रेड मिसनका लागि उनी भियतनाम तर्फ जानेछिन् । भियतनामका दुई शहर हानोइ र होचि मिन्हमा प्रधानमन्त्रीको केही व्यापारिक र आर्थिक भेट्घाट हुने छ । भियतनामको कार्यक्रम सकेर प्रम जसिन्डा थाईल्याण्ड प्रस्थान गर्ने छिन् । त्यहाँ उनले Asia Pacific Economic Cooperation (Apec) को लिडर मिटिङमा सहभागि हुने छिन् । ३ देशको भ्रमण सकेर आर्डेन नोभेम्बर २० मा न्युजिल्याण्ड फर्किने छिन् ।