अकल्याण्ड: टाउन हलमा 1974 A.D को कन्सर्ट सम्पन्न – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्ड: टाउन हलमा 1974 A.D को कन्सर्ट सम्पन्न

   November 19, 2022  

चर्चित नेपाली ब्याण्ड 1974 A.D को कन्सर्ट शुक्रबार अकल्याण्डको टाउन हलमा सम्पन्न भएको छ । नेपालीहरुमाझ निकै लोकप्रिय ब्याण्डको रुपमा रहेको 1974 A.D ब्याण्डले राती झन्डै ११ बजे सम्म नेपालीहरुलाई आफ्ना चर्चित गीतहरुमा झुमाएका थिए । कन्सर्टमा उल्लेख्य रुपमा नेपाली संगीत प्रेमीको उपस्थिती थियो । बिशेषत: यही कन्सर्टका लागि अकल्याण्डबाट बाहिर रहेका नेपालीहरु पनि अकल्याण्डमा जम्मा भएका थिए । हाम्रो ईभेन्ट्सद्वारा आयोजित कन्सर्टमा न्युजिल्याण्डका दुई चर्चित नेपाली ब्याण्ड नक्षत्र र मण्डलाले समेत प्रस्तुती दिएका थिए । यि दुई ब्याण्डको प्रस्तुती पनि धमाकेदार थियो । 1974 A.D ले आफ्ना चर्चित गीतहरु परेलीमा लुकाई राखन, छुदैन तिम्रो मायाले, जती माया लाए पनि, चौबन्दी चोली, गुरासै फुल्यो, हिड्दा हिड्दै, सम्बोधन, रातो र चन्द्र सुर्य, यो मन त मेरो नेपाली हो लगायतका गीतमा आफ्नो प्रस्तुती दिएका थिए । उनिहरु आफ्नो ब्याण्डका केही नयाँ गीत समेत सुनाएका थिए  ।