न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र चीनका राष्ट्रपती सि जिन पिङबिच भेट वार्ता भएको छ । APEC Submit का लागि थाईल्याण्डको राजधानी बैंकक पुगेका दुई नेता बिच हिजो भेट भएको हो । २० मिनेटका लागि तय गरिएको भेट केही समय लम्बिएको थियो । भेटमा न्युजिल्याण्ड र चीन बिचको दुईपक्षिय सम्बन्ध, आर्थिक तथा व्यापारिक छलफल र चीन न्युजिल्याण्डको बिदेश नितिका बारेमा कुराकानी भएको बताईएको छ । न्युजिल्याण्ड र चीन बिचको सम्बन्धको ५० वर्ष पुगेको प्रसँग उल्लेख गर्दै राष्ट्रपती सिले यो सम्बन्ध मज्बुत बन्दै गएको र अझ सुमुधुर बन्दै जाने बताएका थिए । जवाफमा प्रधानमन्त्री आर्डेनले न्युजिल्याण्ड र चीन दुई फरक राजनीतिक धारमा चलेको देश भएतापनि आपसी साथ र सहयोगमा सधैं एक भएको उल्लेख गरेकी थिईन । दुई देश व्यापार, कृषि र जलवायु परिवर्तनका बिषयमा एक भएको भन्दै प्रधानमन्त्री आर्डेनले न्युजिल्याण्ड र चीन बिचको सम्बन्धमा यि बिषयले एक नयाँ रुप ल्याउने बताईन । प्रधानमन्त्री आर्डेनले सन् २०१९ मा आफुले गरेको चीन भ्रमणको स्मरण समेत गरेकी थिईन् । हाल पुर्वी एसियाको भ्रमणमा रहेकी प्रधानमन्त्री आर्डेन कम्बोडिया र भियतनामको भ्रमण सकेर हाल थाईल्याण्डमा छिन् । आर्डेन भोली आईतबार न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।