न्युजिल्याण्डको अकल्याण्ड शहरमा पुन: नेपाली सांगितिक कार्यक्रम हुने भएको छ । केही दिन अगाडि चर्चित नेपाली ब्याण्ड Sabin Rai and The Pharaoh र 1974 AD ले दुई छुट्टा छुट्टै दिन अकल्याण्डमा आफ्नो प्रस्तुती दिएका थिए । भब्य रुपमा सफल भएको कार्यक्रमपछि आयोजकहरु अझै उत्साहित बन्दै न्युजिल्याण्डमा थप सांगितिक कार्यक्रम ल्याउन लागि परेका छन् ।
आउँदो फेब्रुअरीमा अकल्याण्डमा पुन: अर्को एक चर्चित नेपाली ब्याण्डको कन्सर्ट हुने भएको छ । लाखेँ ईभेट्सले यो पटक युवा माझँ निकै चर्चित मन्त्र ब्याण्डलाई न्युजिल्याण्ड बोलाउन लागेको हो । उक्त कन्सर्ट फेब्रुअरी ११ तारिकका दिन आयोजना हुने आयोजक लाखेँ ईभेट्सले जनाएको छ । कार्यक्रमको लागि टिकट बुकिङ चाडै खुल्ने भएको छ ।
दार्जिलिङ्गमा स्थापित मन्त्र ब्याण्डका वर्तमान सदस्यहरुमा भास्कर देवान, प्रज्ञा लामा , बिर्जु चौधरी , मनिष थापा, विधान थापा, प्रभास शुब्बा रहेका छन्। ‘रक एण्ड रोल’ संगीतमा निकै लोकप्रिय ब्यान्डको “वीर गोर्खाली…”, “एकान्तमा”, “संस्कृति”, “हिमाली नेपाली” लगायतका गीतहरु युवा पुस्तामाझ नीकै चर्चित रहेका छन्।

लाखेँ ईभेट्सले यसअघि दशैँको अवसरमा चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेललाई न्युजिल्याण्डमा ल्याएका थिए । त्यो समयमा यि दुई कलाकारले न्युजिल्याण्डका ६ शहरमा आफ्नो प्रस्तुती दिएका थिए । त्यसपछि गत नोभेम्बर ६ तारिकका दिन लाखेँ ईभेट्सकै आयोजनामा Sabin Rai and The Pharaoh ब्याण्डको कन्सर्ट भएको थियो ।


