अकल्याण्ड : जनक पटेलको हत्या आरोपमा ३ जना पक्राउ, अन्त्यस्टीमा प्रधानमन्त्री सहभागि

348 Shares

गत बुधबार राती अकल्याण्डको Sandringham मा छुरा प्रहारबाट हत्या गरि मारिएका जनक पटेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पटेललाई छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने अन्य दुई जनालाई सोही घटनालाई अन्जाम दिन गरेको डकैतीको आरोपमा पक्राउ गरिएको हो । ३ नै जना हाल प्रहरी हिरासतमा रहेका छन् । Sandringham स्थित एक डेरी पसलमा काम गर्ने भारतीय नागरिक पटेलमाथी गत बुधबार छुरा प्रहार गरिएको थियो । उनको घटना लगतै मृत्‍यु भएको थियो ।

यता मृत्‍यु भएका जनकको आज अन्त्यस्टी गरिएको छ । अकल्याण्डको Wiri स्थित Anns Funeral Home मा उनको अन्तिम संस्कार गरिएको हो । अन्त्यस्टीमा ३ सयको हाराहारीमा भारतीय तथा अन्य देशका समुदायको उपस्थिती थियो । प्रधानमन्त्री जसिन्डा आर्डेन पनि अन्त्यस्टीमा सहभागि भएकी थिईन् ।

प्रधानमन्त्री जसिन्डा कै निर्वाचन क्षेत्रमा घटेको घटनालाई लिएर हाल त्यस क्षेत्रको सुरक्षाको बिषयमा प्रधानमन्त्री आर्डेनको चर्को आलोचना भईरहेको छ । हत्याको बिरोधमा हाल अकल्याण्डमा प्रदर्शन समेत भईरहेको छ । हत्यारालाई कडा सजाय दिन र यस्तो घटना फेरी हुन नदिन कडा सुरक्षा प्रदान गर्न प्रदर्शनकारीले माग राखेका छन् । घटना पछि देशभरका डेरी व्यवसायी आन्दोलित भएका छन् ।

सम्बन्धित समाचार

सबै