३ दिने भ्रमणका लागि फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन न्युजिल्याण्डमा

362 Shares

३ दिने औपचारिक भ्रमणका लागि फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन यती बेला न्युजिल्याण्डमा छिन् । उनी मंगलबार साझँ न्युजिल्याण्ड आईपुगेकी हुन् । उनी सँगै फिनल्याण्डका केही मन्त्री र उच्च पदस्थ नेताहरु न्युजिल्याण्ड आएका छन् । यसबिचमा न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र फिनल्याण्डकी प्रधानमन्त्री बिच भेटवार्ता भएको छ । अकल्याण्डमा भएको भेटवार्तामा न्युजिल्याण्ड र फिनल्याण्डको सुमुधुर सम्बन्धका बारेमा छलफल भएको थियो । भेटपछि आयोजित पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । भेटमा रुस र उक्रेनबिचको चिसिएको सम्बन्धका बिषयमा सेमत कुराकानी भएको थियो । न्युजिल्याण्ड र फिनल्याण्डमा हाल महिला प्रधानमन्त्री भएको र दुवै देशले विश्वलाई महिला उत्थानका लागि सन्देश दिएको धारणा न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राखेकी थिईन् ।  आफु पहिलो पटक न्युजिल्याण्ड आउन पाएकोमा फिनल्याण्डकी प्रधानमन्त्री मारिनले खुशी व्यक्त गरेकी थिईन् । न्युजिल्याण्डको भ्रमण सकेर फिनल्याण्डकी प्रधानमन्त्री आज स्वदेश फर्किदै छिन् ।

सम्बन्धित समाचार

सबै