झलनाथलाई भेट्न फूलको बुकी लिएर डल्लु पुगे प्रचण्ड, भने- ‘ चाँडै ठीक हुनुहोस्’

493 Shares

नेकपा माओवादी केन्द्र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको खनालको सचिवालयले जनाएको छ । आजको भेटमा स्वास्थ्यकै विषयमा कुराकानी भएपनि राजनीतिक विषयमा छलफल नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए ।

सम्बन्धित समाचार

सबै