263
Shares
फ्रान्स लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहीवार बिहान भएको सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। अल बायट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेका थिए। खेलमा मोरक्को र फ्रान्स दुवैले केही राम्रा अवसर पाए पनि गोल भने गर्न सकेका थिएनन्।