अकल्याण्ड चिडियाखाना खुलेको १०० वर्ष पुरा

364 Shares

न्युजिल्याण्डको सबै भन्दा ठुलो शहर अकल्याण्डमा रहेको चिडिया खाना खुलेको १०० वर्ष पुरा भएको छ ।
सन् १९२२ डिसेम्बर १७ तारिकका दिन अकल्याण्ड चिडिया खाना खुलेको थियो । १६.३५ हेक्टरमा फैलिएको यो चिडिया खाना न्युजिल्याण्डकै ठुलो चिडिया खाना हो । न्युजिल्याण्डको सबै भन्दा पुरानो चिडिया खाना भने वेलिन्ङटनमा रहेको छ जुन सन् १९०६ मा खुलेको थियो । अकल्याण्ड चिडिया खानामा १४ सय भन्दा बढी जनवार, चरा चुरुङी आदी रहेका छन् । वर्षेनी अकल्याण्ड चिडिया खाना ७ लाख बढी मानिसले अवलोकन गर्ने गरेका छन् । १३५ प्रजातिहरूको संख्या रहेको अकल्याण्ड चिडिया खानामा विश्वमा ६० भन्दा बढी देश बाट ल्याएका जनवारहरु छन् ।

सम्बन्धित समाचार

सबै