अब बिरामी बिदा अर्थात Sick Leave लिन ६ महिना पर्खनु नपर्ने

329 Shares

न्युजिल्याण्ड सरकारले ल्याउन लागेको नयाँ नियम अनुसार अब बिरामी बिदा अर्थात Sick Leave लिन ६ महिना पर्खिनु पर्ने छैन । नयाँ नियम अनुसार अब काम सुरु गरेकै दिन बाट बिरामी बिदा लिन मिल्ने छ । अहिले बिरामी बिदा लिन कुनै कम्पनीमा कम्तिमा ६ महिना काम गरेको हुनु पर्ने छ । तर आगामी बर्ष देखि भने काम सुरु गरेकै दिन बाट बिदा लिन सकिने छ ।
न्युजिल्याण्ड सरकारले वार्षिक १० दिन बिरामी उपलब्ध गराउदैँ आएको छ । सन् २०२१ अघि वर्षेनि ५ दिन मात्र बिरामी बिदा दिईन्थ्यो । Holidays Increasing Sick Leave Amendment Bill अनुरुप गत वर्ष Sick Leave संख्या दोब्बर बनाईएको थियो ।

यो नियम शोक बिदा अर्थात Bereavement Leave मा पनि लागु हुनेछ ।

सम्बन्धित समाचार

सबै