देउवा कांग्रेस संसदीय दलको नेतामा चयन

198 Shares

 युवा नेता गगन थापालाई भारी मतान्तरले पराजित गर्दै शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा चयन भएका छन् । सत्ता गठबन्धनको नेतृत्व गर्दै चुनावमा गएका देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउँदै नयाँ प्रधानमन्त्री बन्न संसदीय दलको नेता पनि चयन भएका छन् । यसका लागि देउवा सक्षम थिए । खासगरि वाम गठबन्धनले पाँच वर्षअघि भारी बहुमत ल्याएर सरकार बनाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि नयाँ प्रधानमन्त्री बन्ने पालो देउवाको आएको थियो । देउवाले नयाँ प्रधानमन्त्री पद पाउँदा सत्ता गठबन्धन सुरक्षित हुनेछ । देउवा आफू पहिले प्रधानमन्त्री बनेर गठबन्धन जोगाउनका लागि प्रचण्डलाई पालो दिने मनस्थितिमा छन् ।

सम्बन्धित समाचार

सबै