चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश – New Zealand News Nepal (NZ News Nepal)

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

   December 22, 2022  

अन्तर्राष्ट्रिय ‘बिकिनी किलर’ को नामले समेत चिनिएका कुख्यात अपराधी चार्ल्स गुरुमुख शोभराजलाई रिहाइ गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।  सर्वोच्चको फैसलाकै कारण फ्रान्सेली नागरिक शोभराज २०६० असोज २ देखि जेलमा रहेका थिए। ०३२ सालमा अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

यसबीचमा ०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानडेली नागरिकको ०३२ सालकै हत्या अभियोगमा दोषी  ठहर गर्दै उनलाई जन्मकैदको सजाय सुनाएको थियो। यी दुई अभियोगमा उनी थुनामा सजाय काटिरहेका थिए।   बुधबार सर्वोच्चको संयुक्त इजलासले गरेको आदेशपछि उनी अब करिब २० वर्षपछि फ्रान्स फर्कने बाटो खुलेको छ।

१९ वर्षदेखि नेपालको जेलमा रहेका शोभराजलाई १५ दिनभित्र अब स्वदेश फर्काउनुपर्ने छ।