न्युजिल्याण्डमा आतिशबाजी सहित स्वागत गरिदैँ २०२३ लाई

287 Shares

कोरोना कहरका कारण दुई वर्ष देखि न्युजिल्याण्डमा ठुला तथा भव्य कार्यक्रम भएका थिएनन । सरकारले कोभिड नियन्त्रणका लागि भनेर ल्याएको अलर्ट लेभल र ट्राफिक लाईट सिस्टमका कारण २०२१ र २०२२ को स्वागत न्युजिल्याण्ड बासीले मज्जाले गर्न पाएनन् । तर यो वर्ष अर्थात सन् २०२३ को स्वागत भने देशभर भब्य हुने भएको छ । राजधानी वेलिङ्टन लगायत अकल्याण्ड, क्राईसचर्च, ह्यामिल्टन, तउरङा, रोतोरुवा, डुनेडिन, नेल्सन, न्यु प्लाईमाउथ, नेपियर, गिस्बोर्न लगायत अधिकांश शहरमा आज आतिशबाजी सहित नयाँ वर्षलाई स्वागत गरिदै छ । बिशेषत अकल्याण्डको स्काई टावरमा आज मध्यरातमा भब्य आतिशबाजी हुने छ । १२ बज्न केही समय अगाडिबाट काउनडाउन सुरु हुने र ठीक १२ बजे लगातार ५ मिनेटसम्म आतिशबाजी हुने व्यवस्था मिलाईएको छ । स्काई टावरको ५५, ६१ र ६४ औं तलाबाट आतिशबाजी गर्ने तयारी गरिएको छ । स्काई टावरको आतिशबाजी The waterfront, Devonport, Herne Bay, Te Atatū Peninsula, Bastion Point, Northcote, Mt Eden, Bayswater Marine लगायतको स्थानबाट अवलोकन गर्न सकिने अकल्याण्ड सिटी काउन्सिलले बताएको छ । अकल्याण्डका अलावा क्राईसचर्च, ह्यामिल्टन, तउरङा, रोतोरुवा, डुनेडिन, नेल्सन, न्यु प्लाईमाउथ, नेपियर, गिस्बोर्नलगायतका शहरमा पनि आतिशबाजी सहित नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरिएको छ । सम्बन्धित शहरका काउन्सिलले यस्मा समन्वय गरेर कार्यक्रम अयोजना गरिएको छ । दुई वर्ष पछि भब्य रुपमा नयाँ वर्षलाई स्वागत गर्न पाउँदा न्युजिल्याण्डबासीमा उत्साह थपिएको छ ।

सम्बन्धित समाचार

सबै