358
Shares
न्युजिल्याण्डमा नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । न्युजिल्याण्ड समय अनुसार राती १२ बजे सँगै नयाँ वर्ष सुरु भएको हो । नेपाली समय भन्दा न्युजिल्याण्डको समय ७ घण्टा १५ मिनेट अगाडि छ । नयाँ वर्षको स्वागतका लागि देशको मुख्य शहर अकल्याण्ड, वेलिङटन लगायतका ठाउँमा मानिसहरुको बाक्लो उपस्थिती थियो । न्युजिल्याण्डका अधिकांश शहरमा आतिशबाजी सहित नयाँ वर्षको स्वागत गरिएको हो । कोरोनाका कारण २ वर्ष यता न्युजिल्याण्डमा नयाँ वर्षको अवसरमा भव्य कार्यक्रम भएको थिएन । यो वर्ष भने देशभर हर्षोउल्लासका साथ २०२३ लाई स्वागत गरिएको छ ।