पोखरा विमान दुर्घटना: ७० जनाको शव भेटियो, दुई जना अझै बेपत्ता – New Zealand News Nepal (NZ News Nepal)

पोखरा विमान दुर्घटना: ७० जनाको शव भेटियो, दुई जना अझै बेपत्ता

   January 17, 2023  

यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।